चितवन–३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल दोस्रो स्थानमा

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम ले अग्रता कायम राखेकी छन् ।हालसम्म ७ हजार ७०८ मत गणना हुँदा गौतमले ३ हजार ६३९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। उनलाई पछ्याउँदै नेकपाकी उम्मेदवार रेनु दाहाल ले २ हजार २६३ मत ल्याएर दोस्रो स्थानमा रहेकी छन् ।

त्यस्तै, एमालेका शंकर थपलिया ले ७४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङ ले ४०४ मत पाएका छन् । यस्तै राप्रपाका दिपक थापा ले १२७ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।