प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा पूर्वी रुकुम क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अग्रतालाई निकै मजबुत बनाएका छन् ।
प्राप्त पछिल्लो विवरण अनुसार उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा तेब्बर बढी मत प्राप्त गरेका छन् । ३,६६९ मतका साथ प्रचण्डले आफ्नो अग्रता कायमै राखेका छन् । उनी र दोस्रो स्थानमा रहेकी कुसुमदेवी थापाबीचको मतान्तर २,६४० पुगेको छ।
सुरुवाती चरणमा तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी कुसुमदेवी थापा (१,०२९) अहिले दोस्रो स्थानमा उक्लिएकी छन् भने एमालेका लीलामणि गौतम (६६३) तेस्रो स्थानमा झरेका छन् ।
लखन कुमार थापा ३२६ मतका साथ चौथो स्थानमा रहेका छन् ।




