भोलि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने रहेकी प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
‘प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बस्ने बैठकमा निर्वाचनको तयारी, शान्ति सुरक्षालगायत समसामयिक विषयमा छलफल हुने कार्यक्रम छ’, रावलले नेपालखबरसँ भने।
प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्मा गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, प्रधान सेनापतिलगायत सदस्य हुन्छन्।
यसअघि आजै गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।





