बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद अवस्थामा भेटिएको प्रेसर कुकरमा इट्टाको टुक्रा भेटिएको छ ।
चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले बेरेर राखिएको कुकरमा नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा इट्टाको टुक्रा भेटिएको हो ।
चुनाव बिथोल्न सक्रिय समूहले कुकुरमा सलाईको काँटी समेत हालेर तार जोडेर छाडेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जाानकारी दिए ।
मध्यराति फेला परेको शङ्कास्पद बस्तु आज बिहान सेनाको चन्दन नाथ गणबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।





