महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी

काठमाडौंको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा।७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लगेको अवस्थामा भेटिएको छ । घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा भेटिएको एसपी भट्टराईले बताए । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । 

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन गरिएको छ ।