यस वर्षको होली र निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । आइतबार सूचना जारी गरेर राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो ।
निर्देशनअनुसार बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्थाले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्धारा भुक्तानी व्यवस्था र राजस्व दाखिला र निर्वाचन प्रचारप्रसारका राजनीतिक दल तथा उम्मेदवारहरुको नगद वा चेक वा अन्य विनिमय साधनहरुको दाखिला भुक्तानी लगायतका बैंकिङ सेवाहरु सञ्चालन गरी राख्नुपर्नेछ ।
निर्वाचन आयोगको अनुरोधका आधारमा उक्त निर्देशन जारी भएको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।





