कतार, साउदी र युएईको उडान रद्ध

हिमालयन एयरलाइन्सले कतार, साउदी र युएईमा उडान स्थगित गरेको छ ।

एयरलाइन्सले एक सूचना जारी गर्दै मध्यपूर्वको हवाई क्षेत्रको हालको परिस्थितिका कारण, दुबई, दमाम र दोहा जाने सबै उडानहरू अर्को सूचना सूचना नआएसम्म रद्द गरेको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘मध्यपूर्वको हवाई क्षेत्रको हालको परिस्थितिका कारण, दुबई, दमाम र दोहा जाने हाम्रो सबै उडानहरू आगामी सूचना नआएसम्म रद्द गरिएको छ। ’

उक्त असुविधाप्रति क्षमा माग्दै यात्रुहरूलाई आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमार्फत पछिल्ला जानकारी हेर्न अनुरोध गरेको छ।