अरुण नदीको बेलिब्रिज भाँचियो, ट्रकसहित खसे चालक

संखुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमा हालिएको बेलिब्रिज भाँचिएको छ ।

मकालु गाउँपालिकाको वडा नम्बर ५ र २ को सिमानास्थित नुम–सेदुवा भित्री सडक खण्डमा पर्ने अरुण नदीमाथिको बेलिब्रिज भाँचिदा ट्रक चालक अर्जुन श्रेष्ठ घाइते भएका छन् । हाल उनको उद्धारको तयारी भइरहेको बताइएको छ ।