भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई लिएर बीबीसीले प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र लेखेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिए ।
‘बीबीसीको रिपोर्ट हटाउन भन्दै आयोगले पत्र पठाएको हो’ उनले भने ।
बीबीसी वर्ल्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी र नेपाली भाषामा दुई भिडियो रिपोर्ट आज सार्वजनिक गरेका थिए ।
रिपोर्टमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई उतारिएको छ ।
रिपोर्टमा आन्दोलनको क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको भनिएको छ ।





