आज प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.८९ अंक बढेर २६६५.७९ विन्दुमा आइपुगेको छ।

यस सेसनमा १ करोड ६५ लाख २७ हजार ४०५ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ७२ कम्पनीको २१ हजार १५७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये ४४ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।