१३० रुपैयाँले बढ्यो चाँदीको भाउ, सुनको स्थिर

आज बुधबार सुनको भाउ स्थिर हुँदा चाँदीको मूल्य वृद्धि भएको छ । यस दिन सुनको मूल्य ३ लाख १४ हजार ८०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार हिजो मंगलबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो ।

तोलाको १३० रूपैयाँले बढेर चाँदीको भाउ ५ हजार ७१५ रुपैयाँ पुगेको छ ।