आसन्न निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा बैठक बसिरहेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका तीनै आयुक्त, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथी, गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव बैठकमा सहभागी छन् ।
निर्वाचन सुरक्षा चुनौती र त्यसलाई काबुमा राखेर सुरक्षित मतदानको वातारण बनाउनेबारे बैठकमा छलफल भइरहेको गृहका एक अधिकारीले जानकारी दिए ।




