पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति एक बजे धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडामा त्रिशूली नदी किनारमा खसेको दुर्घटनामा १८ जनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा असामयिक मृत्युवरण गर्न पुगेका सम्पूर्णको आत्माको चीरशान्ति कामना गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी समवेदना प्रकट गरिएको छ।
साथै दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।





