हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी र बागमती प्रदेशको तराईका साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुँवालो लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु र कुहिरो रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज राती भने तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।





