साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६६ अंक बढेर २६६३.५७ विन्दुमा आइपुगेको छ।
यस सेसनमा ३६ लाख २५ हजार १६३ रुपैयाँको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५६ कम्पनीको ६ हजार ९५४ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।




