होटल फरेष्ट इनको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

होटल फरेष्ट इन लिमिटेडको आइपिओ बाँडफाँड भएको छ ।

कुल सदर आवेदकमध्ये ३ लाख ३२ हजार जनालाई १० कित्ताका दरले ३३ लाख २० हजार कित्ता सेयर बाँडफाँड गरिएको छ ।

२ करोड ६१ लाख ५७ हजार ३ सय ६० कित्ता सेयरका लागि २४ लाख ४ हजार ४ सय ७७ आवेदन सदर भएको थियो ।

बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले काठमाडौँको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा आज बिहान आइपिओ बाँडफाँड गरेको हो ।

कम्पनीले गत माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो ।

एनआईसी एशिया क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल २६ लाख ६० हजार ४५२ आवेदकबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।

यसरी हेर्नुहोस् रिजल्ट

सीडीएस एन्ड क्लियरिङ : https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट : https://www.nicasiacapital.com/ipo-result

मेरो सेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login