सल्यानमा जीप दुर्घटना: एक जनाको मृ**त्यु, तीन जना घाइते

रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन् ।

आज बिहान ग१ज ५६६१ नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु भएको हो ।

कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जीप चालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक बालक र दुई महिला छन् ।