वरिष्ठ कलाकार सुनील थापाको नि*धन

वरिष्ठ कलाकार सुनील थापाको नि*धन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको हो ।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो । त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएका उनको सोही अस्पतालमा निधन भएको हो ।

यसबारे कलाकार केदार घिमिरे (माग्ने बुढा)ले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ । नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ । कला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ । भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस् ।’

कलाकार थापाले सयौँ नेपाली चलचित्रमा अभिनय गरेका छन् ।

उनी नेपाली चलचित्र क्षेत्रमा ‘राते काइँला’ नामले परिचित छन्। बडीबिल्डर रजनी श्रेष्ठले पनि कलाकार थापा खिचेको तस्बिरसहति उनको निधनमा दु:ख व्यक्त गरेकी छन्। श्रेष्ठले फेसबुकमा लेखेकी छन्‚ “कला क्षेत्रमा हजुरको योगदान नेपाललगायत सारा विश्वमा सधैँ स्मरणीय रहनेछ। भावपूर्ण हार्दिक श्रद्धाञ्जली। हजुरसँग भेटघाटको कुराकानी रमाइलो थियो अब सम्झना मात्र बाँकी रह्यो।”