रास्वपा सभापति रवि लामिछाने चितवन प्रस्थान, हिँड्डुल गर्न मुस्किल

रास्वपा सभापति रवि लामिछाने चितवन प्रस्थान गरेका छन् ।

खुट्टाको चोटका कारण उनी राम्ररी हिँड्डुल गर्न सक्ने अवस्थामा भने छैनन् ।

रवि घाइते भएयताको पहिलो तस्बिर सार्वजनिक भएको छ ।

तस्बिरमा उनको बायाँ खुट्टा कुरकुच्चादेखि घुँडासम्म ब्यान्डेज गरेको देखिन्छ ।

खुट्टा खुम्च्याएर बस्न पनि असहज अवस्था छ ।

पत्नी निकिताले रविलाई एम्बुलेन्समा राखेर जहाजसम्म लगेकी थिइन् ।

चितवनमा पुगेर रविले आफ्नो निवासमै भेटघाटहरु गर्ने छन् ।

उनी चुनावी प्रचारका लागि तत्काल बाहिर निस्किन नमिल्ने चिकित्कसहरुले सुझाव दिएका छन् ।