पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ।

उनका ९७ वर्षीय बुबा भोजप्रसाद भट्टराईको आज बिहान निधन भएको हो।

नातिनी मानुषी यमि भट्टराइका अनुसार बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको हो।

भट्टराईको आजै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने समेत मानुषीले उल्लेख गरिन्। ‘हामी अहिले अस्पतालतिर जाँदैछौं,’ ‘अब पशुपतिमा लैजान्छौं।’

भट्टराईको स्वास्थ्य केही दिनयता निकै बिग्रिएको थियो । उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो।