चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौलाको शव अब पोस्टमार्टम गरिने भएको छ ।
यसअघि पोस्टमार्टम नगरी अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखेर पशुपतिमा अन्त्येष्टि गर्ने तयारी गरिएको थियो ।
चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाका अनुसार आफन्तको सहमति पश्चात् शव परीक्षण गर्ने निर्णय लिइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा सहभागी हुन अछाम पुगेका सिटौला त्यहाँ एक्कासी अचेत भएका थिए ।
त्यसपछि उनलाई शुक्रबार अछामबाट काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याएर भर्ना गरिएको थियो ।
अस्पतालले आज उपचारका क्रममा सिटौलालाई मृत घोषित गरेको हो ।
यद्यपि मृतक सिटौलाको उपचारको क्रमामा बालेन गरेका थिएनन् भने उनले अहिलेसम्म श्रद्धाञ्जलीसमेत दिएका छैनन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन उक्साएका बालेनले अहिलेसम्म कुनै पनि घाइतेको स्वास्थ्य लाभ र भेटघाट गरेका छैनन् ।
उनले आजसम्म मृतकलाई श्रद्धाञ्जली दिएका छैनन् ।





