प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

साताको पाँचौ कारोबार दिन प्रि ओपन सेसनमा ०.२६ अंक बढेर २७३१.८५ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा २ करोड २९ लाख ११ हजार १२० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५३ कम्पनीको ४४ हजार ७२९ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा ३० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।