महाराष्टमा उपमुख्यमन्त्री सवार विमान दुर्घटना

भारतको महाराष्ट्रस्थित बारामती विमानस्थलमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । अवतरणको क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको प्रारम्भिक जानकारी छ ।

दुर्घटनामा उपमुख्यमन्त्री पवारसहित विमानमा सवार उनका सहयोगी, सुरक्षाकर्मी र चालकदल घाइते भएका छन् । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पवारको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनापछि विमानमा आगलागी भई बाक्लो धुवाँ फैलिएको थियो । घटनास्थलमा स्थानीय प्रशासन, सुरक्षाकर्मी, एम्बुलेन्स र मेडिकल टोली परिचालित छन् । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।