जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत जवान मृ*त फेला

 जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एकजना प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् ।

घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने जवान हरि जिसी घोराही उपमहानगरपालिका–१८ स्थित घरडौरा जङ्गलमा मृत भेटिएका हुन् ।  

झुन्डिएको अवस्थामा उनको शव भेटिएको दाङका एसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए । उनका बुवाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयुमा उपचार हुँदै छ । उनको मृत्युको कारण नखुलेको एसपी श्रेष्ठले जानकारी दिए ।