कांग्रेस मुख्यसचिव पौडेलले दिए पदबाट राजीनामा

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व र कार्यसमिति आएपछि उनले राजीनामा दिएको जानकारी सेतोपाटीलाई दिएका हुन् ।

पुस ३० गते गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ, जसले भोलि सानेपास्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण र केन्द्रीय समिति बैठक गर्ने कार्यक्रम छ ।

सो कार्यक्रमअघि नै पौडेलले राजीनामा दिएका हुन् । उनी राष्ट्रिय सभा सांसद पनि हुन् ।

यसअघि नयाँ नेतृत्व चयन भइसक्दा पनि पौडेल र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी लेटरप्याडमा सूचना जारी गर्दै आएको विषयमा विरोध भएको थियो ।