राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ ।
साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थलीले नेपाललाई केही बुझ्नुपर्ने भएकाले बोलाइएको बताए ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नेपाललाई बाेलाएकाे र आफूहरु उपस्थित भएर जवाफ दिने बताएका छन् । नेपालले भने आफूलाई साइबर ब्युराेले बाेलाएकाे स्वीकार गर्दै पक्राउ नै गर्न सक्ने बताए । ‘मलाई हिजाे टेलिफोन गरेर उपस्थित हुन भनियाे । मैले म झापामा चुनाव प्रचारमा छु भनेको छु,’ उनले भने, ‘पर्सिसम्म आएर जवाफ दिन्छु । तर मलाई पक्राउ गर्ने योजना भएको बुझेको छु । मेराे र राप्रपाको माहोल राम्रो देखेर पक्राउ गर्न गर्न खोजिएको छ ।’





