साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा १.०५ अंक बढेर २७०६.४३ विन्दुमा आइपुगेको छ।
यस सेसनमा १० करोड २५ लाख १३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५७ कम्पनीको १ लाख ११ हजार ६०१ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।





