साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा २.६१ अंक बढेर २७१७.४३ विन्दुमा आइपुगेको छ।
यस सेसनमा १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ७५ कम्पनीको २ लाख ७ हजार ८९२ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।





