पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी

जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको छ ।

मंगलबार अदालतले सहकारी ठगी मुद्दामा लामिछानेलाई १ करोड धरौटी माग्ने आदेश गरेको हो ।

धरौटी बुझाउने प्रक्रियामा रहेको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।