सञ्चारमन्त्री खरेलले राजीनामा दिँदै, ललितपुर-२ मा रास्वपाबाट उम्मेदवार बन्ने तयारी

 सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् ।

मन्त्री पदबाट राजीनामा दिएर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा उम्मेदवार बन्दै छन् ।

उनले आजै साँझ पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्न लागेको स्रोतले बताएको छ ।

भोलि उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले उनले पदबाट राजीनामा दिन लागेका हुन् ।