आज राष्ट्रिय भूकम्प २७ औँ सुरक्षा दिवस मनाइँदै

आज राष्ट्रिय भूकम्प २७ औँ सुरक्षा दिवस मनाइँदैछ ।

वि.सं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।