सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो

 हिजो कीर्तिमान कायम गरेको सुनचाँदीको भाउ आज घटेको छ ।

आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ७८ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा १ सय ७० रुपैयाँले घटेर तोलाको ५ हजार ४ सय ८५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ६ सय ५५ रुपैयाँ थियो ।