प्रि ओपन सेसनमा १.६९ अंकले घट्यो नेप्से

 प्रि -ओपन सेसनमा नेप्से १.६९ अंकले घटेर २६३३.३१ विन्दुमा झरेको छ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५.५४ अंक बढेर २६३५.०० विन्दुमा बन्द भएको थियो।

मंगलबार प्रि ओपन सेसनमा ४३ स्टकको ९० पटकको कारोबारमा २ करोड ७ लाख ५६ हजार २५७ रुपैयाँ २० पैसा बराबरको २७ हजार ३९३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।