रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको छ ।

केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको र उज्यालो नेपाल पार्टीसँगको एकता टरेपछि अद्यावधिक सूची आयोगमा बुझाइएको हो ।