रहबर अन्सारीले हुलाकबाट पठाए राजीनामा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले हुलाकमार्फत राजीनामा पठाएका छन्। 

बिहीबार अन्सारीले नेकपाका संयोजक पुष्पकमल दाहाललाई सम्बोधन गरेर राजीनामा पत्र पठाएका हुन्। नेकपा (माओवादी केन्द्र)ले अन्य पार्टीसँग एकीकरणपछि साहस र इमान त्यागेको उनको आरोप छ। 

‘साहस, इमान र जोखिम : तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिन,’ अन्सारीले राजीनामा पत्रमा भनेका छन्, ‘यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।’

उनी नेकपा (माओवादी केन्द्र)बाट मधेस प्रदेश सभा सदस्य हुन्।