नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
ललितपुरस्थित एमाले कार्यालय च्यासलनजिकै एक घरमा दुई नेताबीच भेटवार्ता भएको हो । जेनजी आन्दोलनपछि यो पहिलो द्धिपक्षीय भेट हो । वार्तामा आसन्न निर्वाचनको वातावरण बनाउने,राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको सम्भावना र सरकारले चुनावको वातावरण बनाउन नसकेको विषयबारे छलफल चलेको छ ।
स्रोतका अनुसार राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेबीच मिलेर जाने सहमति भइसकेको छ । अब नेपाली कम्युनिस्ट पार्टीलाई पनि सँगै लैजाजै तयारीका साथ पनि यो भेट भएको हो ।





