प्रचण्ड आज भारत जाँदै

 पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत प्रस्थान गर्ने भएका छन् । नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी भारत जान लागेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने नेता प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसरहरूका बारेमा विशेष सम्बोधन गर्नेछन् ।

प्रचण्ड भोलि साँझ मात्र स्वदेश फर्किने कार्यक्रम छ । भारत उनको अन्य राजनीतिक भेटघाटको कार्यक्रम नरहेको सचिवालयको भनाइ छ ।