प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा

 प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई सरकारी वकिलको कार्यालयले रिहा गर्ने आदेश दिएको छ।

तीनवटा केसमा म्याद थपका लागि लगिएकोमा विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, हामीले म्याद थपका लागि लगेका थियौं तर, सरकारी वकिलको कार्यालयले छोड्ने आदेश दियो । अब बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुन्छ उनले भने।

स्वास्थ्यमा समस्या देखिएपछि शेरचन चीरायू अस्पतालमा उपचाररत छन् । मंसिर १४ गते शेरचनलाई बैंकको केन्द्रीय कार्यालय बबरमहल पक्राउ गरेको थियो ।