बालेन, रवि र कुलमानबीच आजै एकताका हुने

 काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबिच शुक्रवार एकताको लागि हस्ताक्षर हुने भएको छ ।

आज साँझसम्म  उनीहरुबीच पार्टी एकताको लागि हस्ताक्षर हुने जनाइएको छ । हस्ताक्षर अघि ३ वटै पक्षबाट आ–आफ्‌नो गृहकार्य गरेर सामूहिक भेट्ने तयारी भइरहेको छ । सबै पक्ष एक ठाउँमा आएपछि छलफल गरेर आजै सहमतिमा हस्ताक्षर  हुने र भोलि एकता घोषणा सभाको तयारी गर्ने जनाइएको छ । 

आगामी फागुन २१ गते हुने भएको प्रतिनिधिसभाको निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरु एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने तयारी छ ।