फागुन २१ गते तय भएको निर्वाचनका लागि नयाँ शक्तिहरुबिच सहकार्यको पहल तीव्र बनेको छ ।
सोहीअनुसार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही समेत नयाँहरु मिल्नुपर्ने भन्दै सक्रिय हुन थालेका छन् ।
स्रोतका अनुसार सोही प्रयासस्वरुप गएराति बालेनसँग छलफल गरेका उनले बिहीबार बिहान पनि छलफल गरेका छन् ।
२४ घण्टाको अवधिमा दुई पटक भएको भेटमा नयाँहरुबिच मिलेर अघि बढ्नुपर्ने भन्ने विषयमै छलफल केन्द्रित रहेको स्रोतको भनाइ छ ।





