बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो

नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन् ।

ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा भएको भेटपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका हुन् ।

विघटित प्रतिनिधिसभाका सदस्य शर्माले भने, ‘संसद् सद पुनर्स्थापना गर्दा के हुन्छ/हुँदैन भन्ने विषयमा हाम्रो छलफल केन्द्रित भयो ।’

उनले बालेनले अन्य दल र समूहसँग गरिरहेको छलफलको विषयमा भने अनभिज्ञता जनाए ।

‘अरूसँग के भइरहेको छ, मलाई थाहा हुने कुरो भएन,’ शर्माले भने ।

नेता शर्माले आफूलाई ५–१० वर्षपछिको कांग्रेस सभापतिको रूप प्रस्तुत गर्दै पार्टी भने नछाड्ने प्रतिक्रिया दिए ।

कांग्रेस छोडेर अब यता हो ? भन्ने अनलाइनखबरको प्रश्नमा शर्मामा भने, ‘हामी कांग्रेसमा ५/१० वर्षपछि सभापति हुने मान्छे हो । कहाँ छोड्छौं ?’