नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची तयार पारेको छ । जसमा नरेश भण्डारीसहित ५ जनाको नाम समावेश गरिएको छ ।
नेकपा केन्द्रले नाम सिफारिस गर्न सर्कुलर गरेपछि भण्डारीसहित दल बहादुर जिसी, नमराज न्यौपाने, अम्मराज शाही र हरि रावलको नाम सिफारिस भएको नेकपा जुम्लाले बताएको छ । । कर्णालीको बौद्धिक नेताका रूपमा परिचय बनाएका नरेश भण्डारी यसअघि प्रदेशको कानुन मन्त्री समेत भइसकेका नेता हुन् ।
भण्डारीलाई ०७९ को निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्रले टिकट दिएको थिएन । उनले आफूले नै टिकट पाउने भनेर चुनाव प्रचार–प्रसार अभियानसमेत थालिसकेका थिए । भण्डारीले त्यतिबेला गुटका आधारमा आफूले टिकट पाउन नसकेको बताएका थिए ।
उनलाई टिकट नदिएर त्यतिबेला गोमा गौतमलाई उम्मेदवार बनाएपछि जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले जित हासिल गरेका थिए ।





