सुनमा लगातार कीर्तिमान, आज २ लाख ६८ हजार नाघ्यो

नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ४ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बुघबार बढेर ४ हजार ४२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।