उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन भोलि (बिहीबार) हुँदैछ।
ऊर्जामन्त्री कुलमान घिसिङले त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको बिहीबार दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ।
पार्टीले केन्द्रीय कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ।
गएको मंसिर १७ गते ऊर्जामन्त्री घिसिङकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उज्यालो नेपाल पार्टीको घोषणा गरिएको थियो।
मन्त्री घिसिङ औपचारिक रुपमा उज्यालो नेपाल पार्टीको कुनै पनि कमिटीमा बसेका छैनन्। तर, यो पार्टी घिसिङकै अगुवाइमा निर्माण भएको हो। याे पार्टीको अध्यक्ष अनुपकुमार उपाध्याय छन्।





