सद्भावना पार्टीका पूर्वअध्यक्ष बद्री मण्डलको निधन

नेपाल सद्भावना पार्टीका पूर्वअध्यक्ष बद्री मण्डलको निधन भएको छ। ८७ वर्षको उमेरमा जहदा स्थित मझारेमा उनको घरमा निधन भएको हो।

मण्डल मुटुको रोगी थिए। बिहान शौचालयबाट आएर सुतेका मण्डल मृत फेला परेको उनकी भतिजी जस्मिन मण्डलले जानकारी दिइन्। उनको आजै अन्त्येष्टी भएको जस्मिनले जानकारी दिइन्।

मण्डल गजेन्द्रनारायण सिंहको निधनपछि नेपाल सद्भावना पार्टीको अध्यक्ष भएका थिए। 

सद्भावना पार्टीको अध्यक्ष भएकै अवस्थामा उनी २०६१ सालमा राजा ज्ञानेन्द्र शाहको शासन कालमा मन्त्री र उपप्रधानमन्त्री भएका थिए। पार्टीमा त्यसको चर्को विरोध भएपछि मण्डलले पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए।