साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक १.८८ अंकले घटेर २५७९.३३ विन्दुमा अडिएको छ।
यो समयमा ४४ वटा स्क्रिप्सको ७ हजार ८३५ कित्ता सेयर ५४ लाख ९० हजार ६८९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा २६ वटा घट्यो। बाँकी ५ समूहको उपसूचक भने यो समयमा स्थिर रह्यो।





