माइतीघरमा मिरज ढुंगाना लगायत जेनजीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएका मिराज ढुंगानासहितका युवाहरुको प्रदर्शनलाई प्रहरीले तितरबितर पारेको हो । प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ ।
सोक्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको छ भने निकोलस भुसाल लगायत केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





