नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो। यो मूल्य अहिलेसम्मकै उच्च मूल्य मानिएको छ।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य सोमबार २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ। आइतबारसम्म सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार चाँदीको मूल्य प्रति तोला ४ हजार १०५ रुपैयाँमा सीमित थियो भने सोमबार यो बढेर २ हजार २३५ रुपैयाँ पुगेको छ।





