रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत

 रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ । 

काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुभेच्छुकहरू पुगेका छन् ।

उनलाई बाजागाजासहित अहिले पार्टी कार्यालयमा स्वागत गरिएको छ । भैरहवा कारागारबाट छुटेर लामिछाने हिजोमात्रै काठमाडौँ आइपुगेका थिए ।

उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको हो । स्वागत लगत्तै आजै केन्द्रीय समिति बैठक पनि बस्ने रास्वपाले जनाएको छ ।

रिहा भएको भोलिपल्ट शनिबार चितवनको भरतपुरस्थिति चौबीसकोठीमा रास्वपाद्वारा आयोजित कार्यक्रममा उनले सहभागिता जनाए । शनिबार नै उनले काठमाडौंमा जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेटेका थिए ।