मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति

मधेस प्रदेशको सभामुखमा रामआशिष यादवको नाम टुंगो लागेको छ ।

मधेस प्रदेशका सत्तारुढ दलको बैठकले सभामुखमा यादवको नाममा सहमति जुटाएकाे हो । 

सभामुखका लागि यादवको नाम टुंगो लागेको पूर्व मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । रामआशिष  जसपा नेपालका सांसद हुन् । 

मधेसमा आइतबार सभामुखकाे निर्वाचन हुँदैछ ।  निर्वाचन तालिकाअनुसार आज ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता हुँदैछ ।